लेकसाइडको स्पा (मसाज)सेन्टरबाट ५ जना बालिकाको उद्धार
पाेखरा | जेठ १२, २०८१
पोखरा: पोखरा लेकसाइडस्थित सञ्चालनमा रहेका ३ स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार गरिएको छ ।
लेकसाइडमा सञ्चालन रहेका ३ वटा स्पा (मसाज) सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले हिजो (शुक्रबार) ५ जना बालिकाको उद्धार गरेको हो । प्रहरीले जेठ २ गतेपनि स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको थियो ।
यो पनि पढ्नुहोस
जिल्ला प्रहरी कार्यालय कास्की,पोखरा महानगरपालिका सामाजिक महाशाखा,राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलिले लेकसाइडमा सञ्चालनमा रहेका १५ वटा स्पा (मसाज) सेन्टर अनुगमन गर्दा ३ वटा स्पाबाट १८ वर्ष भन्दा कम उमेरका ५ जना बालिकाको उद्धार गरेको हो ।
प्रहरीले नेक्टर इको फुट स्पाबाट ३ जना, पञ्चासे स्पा पार्लर र नमस्ते वेलनेस स्पाबाट १÷१ जना बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

