कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

पाेखरा | जेठ ८, २०८१

कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

पोखरा:   पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

 

पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम गरिएकाे हाे ।

 

 

स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यस निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुरुङले बताउनुभयो ।

 

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई  यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको बताउनुभयो ।

 

नागरिकले सहज र सरल रुपमा न्याय पाउन अवस्था सृजनाहोस स्थानीय  विवादहरु अदालतमा पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै भन्नुुभयो, “समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो ।यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।”

 

कन्या क्याम्पसका क्याम्पस प्रमुुख सुरेन्द्र मानन्धरले विद्यार्थीहरुले कानूनका विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनका लागि छनोट गरेको भन्दै खुशी ब्यक्त गदै आगामी दिनमापनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

 

कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ताको योग्यता बारेमा प्रशिक्षण दिनुभएको थियो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्