गृहमन्त्री रवि लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङकाे निवेदन
काठमाडाैं | जेठ ८, २०८१
काठमाडौं: नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्।
उपसभापति गुरूङले 'सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न' मागसहित निवेदन दिएका हुन्।
गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ।
अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरूङले उल्लेख गरेका छन्। गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको' गुरूङको भनाइ छ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

