आयल निगमद्वारा पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव

काठमाडाैं | असार २०, २०७९

आयल निगमद्वारा पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव


काठमाण्डौँ:   पेट्रोलियम पदार्थमा घाटा बढ्दै गएपछि नेपाल आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन सुझाव दिएको छ। निगमले मोटरसाइकललाई ५ लिटर तेल दिनेदेखि, सवारी साधन जोर–विजोर प्रणालीमा लैजानेसम्मको सुझाव दिएको हो। 

 

सोमबार पेट्रोलियम पदार्थको खपत घटाउने उपायबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा लिखित सुझाव दिएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए।  निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न प्रस्ताव गरेको छ।  

 

देशका प्रमुख सहरहरूमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने निगमको भनाइ छ। पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक–पटकमा पाँच लिटर र कार तथा जीप लगायतका सवारी साधनलाई २० लिटर इन्धन बिक्री गर्न निगमले सरकारलाई प्रस्ताव गरेको छ।  


छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने तथा ढुवानी कार्यमा प्रयोग हुने मालबाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलााउने, मोटरसाइकल, कार सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निगमले सरकारलाई सुझाएको छ। 

 

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्नुपर्ने उनीहरूको भनाइ छ।  ठूला उद्योग, परियोजना, होटल, आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्न प्रस्ताव गरेको छ। 

 

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने प्रस्तावमा उल्लेख छ। 

 

विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरूमा निशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निशुल्क पार्किङस्थल तोकिदिने व्यवस्था मिलाउने निगमले सरकारलाई सुझाएको छ।  

 

निगमले केही महिनाअघि पनि पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव दिएको थियो। त्यसमध्ये साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय टिकेको थिएन।

अर्को समाचार

बजेट पारित

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।  महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै ...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्