पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प सुरु

पाेखरा | जेठ ७, २०८१

पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प सुरु

पोखरा:   व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ ।
    

लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो ।
    

कार्यक्रममा महानगरप्रमुख आचार्यले कार्यक्रममा युवाहरूले प्रस्तुत गर्ने हरेक आइडियाहरू समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताउनुुभयो । अघि सारिएका आइडियाहरूलाई थप परिष्कृत गर्दै जानुपर्नेमा जोड दिदै उहाँले महानगरपालिकाले युवाहरूको उद्यमशिलता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भैसकेका अवस्थामा विभिन्न परियोजनाहरू आउने क्रम सुरु भएको उहाँले जानकारी गराउनुुभयो । 
    

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले मार्टमा प्राप्त सबै आइडियालाई छलफल गरी त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा त्यसले समाजमा विशिष्ट योगदान गर्न सक्ने धारणा राख्नुुभयो ।
    

कार्यक्रमका सभापति एवम् पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले मार्टमा सहभागीताका लागि आवेदन माग गरिएकोमा विभिन्न आइडिया सहित ३५ वटा समूहले आवेदन प्रस्तुत गरेकोमा १९ वटा समूह छनौट भएको जानकारी दिनुुभयो । १९ समूह मध्ये १७ वटा समूह मार्टमा सहभागी बनेको बताउँदै उहाँले ती मध्ये उत्कृष्ट १० छनौट गरिने बताउनुुभयो ।
    

उत्कृष्ट १० लाई पुनः सरोकारवालाबीच राखेर छलफल गर्दै ती मध्येबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थलाई क्रमशः ५०, ४०, ३० र २० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने उहाँले जानकारी दिनुुभयो ।
    

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले महानगरपालिकाले अघिल्लो वर्ष पनि मार्ट सञ्चालन गरेको बताउँदै सो क्रममा महानगरको आइडिया बैंकमा ३७ वटा आइडिया संकलन भैसकेको बताउनुुभयो । केन्द्र मार्फत युवा उद्यमशीलता अभिबृद्धिका विभिन्न कार्यक्रम सञ्चालन भैरहेको उहाँको भनाइ छ ।
    

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निरज केसी, मुख्य प्रशिक्षक निरज खनाल लगायतले मार्टमा प्राप्त आइडियालाई कार्यान्वयनको तहमा लैजानुपर्ने आवश्यकता औंल्याउनुुभयो । देशको बढ्दो युवा पलायन रोक्नु बर्तमानको आवश्यकता भएकोमा उहाँहरूले जोड दिनुुभएको थियो ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्