प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित
काठमाडाैं | जेठ ६, २०८१
काठमाडौं: प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।
आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो।
यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो।
टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

