पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

पाेखरा | जेठ ४, २०८१

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । 


पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । 


महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए ।


 प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनकाअनुसार पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । 


पोखरा–१७ पावरहाउसबाट शनिबार बिहान प्रतियोगिता सुरू हुनेछ । पावरहाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ । 


प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीको ५ लाख रूपैयाँ बराबरको बीमा आयोजकले गरेको छ । 


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ५०÷५०, ३०÷३० र २०÷२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चौँथो र पाँचौ हुनेले क्रमश: १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । 


प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्नेछ । 


उपाधिसहित खेलाडीलाई १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र दिइने सदस्य सचिव खड्काले बताए । 


प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ कि वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताइन् । 


स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको उनको भनाइ थियो ।  

 
समितिका अध्यक्ष दीपकबहादुर गोदारले आफूहरूले यो दोस्रो राष्ट्रिय प्रतियोगिता गर्न लागेको तर ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको सुनाए । 


‘हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ,’ उनले भने, ‘साइकल दौड दोस्रो राष्ट्रिय प्रतियोगिता हो । यसअघि मुआथाइको राष्ट्रिय प्रतियोगिता गरेका थियौँ ।’ जेठ १५ भित्र खेलकुद विकास समितिले चालु आर्थिक वर्षको सबै खेल गतिविधि सक्ने गरेर बाँकी रहेका खेललाई समय तालिका बनाएर खेल महोत्सव गरिरहेको उनले बताए ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्