धनगढी नगरसभा बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की
काठमाडाैं | असार २०, २०७९
धनगढी: धनगढी उपमहानगरपालिकाको आठौं नगरसभाको तेस्रो बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की भएको छ।सोमबार दिउँसो २ बजे नगर प्रमुख गोपाल हमालले मन्तव्य राखेसँगै बैठक सुरू भएको थियो।
हमालले उपमहानगरपालिकाले ल्याएको १ अर्ब ९३ करोड बजेटबाट केही दायित्वका कारण १० करोड काट्नुपरेको बताएका थिए। त्यो कुन(कुन शीर्षकमा काटियो भन्ने कुराहरू अहिलेको बजेटमा रहेको उनले बताए। ‘बजेट काट्नुपर्दा दुःख लागेको छ, धेरै मान्छेको दबाबका कारणले यो पनि काम गर्नुपर्यो त्यो पनि गर्नु पर्यो भन्ने माग आएका छन्,’ उनले भने, ‘आफ्नो इच्छा भए पनि पाँच सय मिटर सडक समेत बनाउन सक्ने अवस्था यो बजेटमा छैन। पुराना दायित्व तिर्ने र पुराना योजनालाई सम्पन्न गर्ने यो वर्षलाई त्यसको रूपमा राखेका छौं।’
उनले धनगढी उपमहानगरपालिकाको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ माथि छलफल गर्न कार्यदललाई अनुमति दिएका थिए । त्यसपछि उपप्रमुख कन्दकला रानाले मन्तव्य राखेकी थिइन् ।उनले योजना तर्जुमा र बजेट बनाउने बेलामा मेयरले आफूसँग समन्वय नगरेको भन्दै आपत्ति जनाइन्।
‘बजेट, योजना तर्जुमा र नीतिका कुराबारे कुनै सरसल्लाह छैन। मेयर सापले नीति बनाउँदाखेरी बनाउनुभयो, मेयर सापको अधिकारको कुरा हो मैले समर्थन गरें, त्यही नीतिलाई टिकेर आएको बजेट तर्जुमाको संयोजक उपमेयर हो तर धेरै पटक सम्पर्क गर्न खोजें, कहाँ हुनुहुन्छ मेयर साप भनेर, हाकिम र मेयरसाप बसेर अन्तै कार्यक्रम बनाउनुभयो,’ उनले भनिन्।
उनले संविधानले दिएको हक र अधिकार किन खोसियो भन्दै प्रश्न गरिन्।उपमेयर रानाले प्रमुख प्रशासकीय अधिकृत र मेयरले फोन नउठाउने गरेको बताइन्।त्यसपछि पुनः बोल्दै मेयर हमालले ‘हामी बसेका ठाउँमा उहाँ मेडम आफैं गएर उहाँले बनाएको बजेट हो,’ भने। हमालले त्यो बजेट कार्यपालिकामा आएर प्रस्तुत भएको बताए। योजनाहरू सम्बन्धित शाखाबाट विज्ञले बनाए अनुसार हालिएको प्रष्ट पारे। ‘योजना शाखाका विज्ञहरूले योजना बनाएका हुन्, बजेटमा मेरो कुनै स्वार्थ छैन, बजेट काट्नु परेकाले १० दिन लाग्यो। कर्मचारीलाई सोधेर बजेट काटिएको हो,’ उनले भने।
हमालले फुर्सद नभएर उपमेयरसँग थप छलफल गर्न नसकेको बताए। ‘म आफ्नै काममा व्यस्त हुन्छु, उहाँ सम्पर्कमा आउने हो, मेरो काम उपमेयरको कोठामा रिपोर्टिङ गर्न जाने होइन, मान्छे आको आई हुन्छ गाडी चढ्दा खेरी पनि हात समात्न आउँछन्,’ उनले भने।
मेयर हमालले उपमेयर रानाले पार्टीको दम्भ देखाएको भन्दै विरोध जनाए। ‘हाम्रो पछाडि दल छ, गोपाल हमालको पछि को छ भन्नुहुन्छ, म के टीका लगाएर आको हो र? मलाई २६र२७ हजार भोट दिएर जितेको हो कि होइन?’ उनले प्रश्न गरे।
मेयर र उपमेयरको चर्काचर्कीपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमयेरलाई हरहालतमा अपमानित हुन नदिने बताए। ‘हामी उपमेयरलाई हरहालतमा अपमानित हुन दिँदैनौं, कतै त्यस्तो भए क्षमा चाहन्छौं’, श्रेष्ठले भने। उपमेयर रानाले हमालले धम्की दिएको समेत आरोप लगाइन्। मेयर हमालले द्वन्द्व गर्न चाहे सामना गर्न तयार रहेको उनले बताइन्।
मेयररउपमेयरको चर्काचर्की परेपछि अरू नगरसभा सदस्यहरूले विरोध जनाएका थिए। नगरसभा सदस्यहरूले मेयर र उपमेयरकै विवाद भइरहने हो भने अरू सदस्य किन बैठकमा बसिरहने भन्दै प्रश्न गरे।उनीहरूले आ(आफ्नो ठाउँमा उठेर विरोध जनाए। त्यसपछि मेयर हमालले सभालाई मर्यादिन बनाउन आग्रह गरे। हलमा सबै सदस्यहरू उठेर बोलाबोल हुन थालेपछि एमालेका एक जना सदस्यले कुर्ची उठाएर फालेका थिए। त्यसैबीच हात हालाहालको अवस्था आउन नदिन सदस्यहरूले एक(अर्कालाई आग्रह गरेका थिए।
केहीबेर रोकिएको बैठक पुनः सञ्चालन भयो। सोपछि आर्थिक वर्ष २०७९र८० को वार्षिक अनुमानित आय(व्यय प्रस्तुत भएको थियो।
काठमाडौँ: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...