लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
पाेखरा | जेठ २, २०८१
सांकेतिक तस्वीर
पोखरा: पोखरा महानगरपालिका–६ लेकसाइडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरबाट ६जना बालिकाको उद्धार गरिएको छ ।
स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालको संस्थाबाट खटिएको टोलिले आज ६ जना बालिकाहरुको उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले लेकसाइडस्थित स्पा(मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा अनुगमन गर्ने क्रममा ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाहरुको उद्धार गरेको जानकारी दिए ।
उनका अनुसार ५ वटा स्पा (मसाज) सेन्टरमा अनुगमन गर्ने क्रममा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरुलाई काममा लगाएका पाइएपछि पीडित बालिकहरुको उद्धार गरिएको बताए ।
कास्की प्रहरी, पोखरा महानगरको सामाजिक महाशाखा र शक्ति नेपालको सयुुक्त टोलिले सेन्टर पोइन्ट स्पाबाट २ जना, हिमालय स्पाबाट १ जना, पारामाउट स्पाबाट १ जना र न्यू भिजन स्पाबाट २ जना बालिकाको उद्धार गरेको हो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

