नदीमा डुबेर दुई बालबालिकाको मृत्यु
कैलाली | बैशाख ३०, २०८१
कैलालीः कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँको अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताउनुभयो।
दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

