आगालागीबाट दुई घर र ‘फार्म’ जले

सर्लाही | बैशाख १८, २०८१

आगालागीबाट दुई घर र ‘फार्म’ जले तस्बिर फाइल

सर्लाही:     सर्लाहीको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ। गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो। आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन्। 


भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।


विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन्। घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो।


यसैगरी, गए राति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ। आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ। आगलागीबाट दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 


दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो।

पोखरा:   पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय बैदामबा...

थप पढ्नुहोस्

पोखरा:    गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ ।  नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बना...

थप पढ्नुहोस्

काभ्रे: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पञ्चवर्षिय परिलक्ष्य सहित एक दिने कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ ।  महासंघले आर्थिक सामाजिक समृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार” भन्ने मूल...

थप पढ्नुहोस्