भोलिदेखि पोखरामा विद्यालयस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता
पाेखरा | बैशाख १४, २०८१
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा भोलि (शनिबार) देखि पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सो प्रतियोगिता आगामी २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।
उनका अनुसार सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्येश्य लिइएको छ ।
प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सहभागि टिमलाई ३ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उनले बताए ।
प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गरेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

