हराएको १७ लाख फेला पारेर कास्की प्रहरीले बुझायो सम्बन्धित धनीलाई
पाेखरा | बैशाख ६, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
कृषि विकास बैंकमा नगद जम्मा गर्न जाँदा कालिगढ मनोहर पवँरले हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
‘पोखरा–८ पृथ्वीचोकस्थित माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले कृषि विकास बैंकमा नगद जम्मा गर्न जाने क्रममा १७ लाख रुपैयाँ हराएको खवर कास्की प्रहरीलाई गरेका थिए’, शर्माले भने, ‘नगद हराएको खवरपछि खोजतलाज गर्ने क्रममा भारत घर भई पालिखे चोक बस्दै आएका छोटुवाल शर्माले फेला पारेको भन्ने सूचनापछि उनैको रोहबरमा सम्बन्धित धनीलाई बुझाएका छौं ।’
माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले बैंकमा नगद जम्मा गर्ने जाने क्रममा मोटरसाइकलको लेगार्डमा झोलाभित्र राखेका १७ लाख रुपैयाँ आज दिउँसो हराएका थिए ।
पैसा हराएको सूचनापछि प्रहरीले खोजतलाज गर्ने क्रममा पालिखेचोक बस्दै आएका शर्माले फेला पारेको सूचनापछि उनैको रोहबरमा प्रहरीले माता श्री ज्वैलर्सका सञ्चालक धुव्रकुमार सुनारलाई बुझाएको हो ।
काठमाडौं: युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो । महान्या...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसि...

