सल्यान बस दुर्घटना अपडेट:   घाइते विकको मृत्यु

दाङ | बैशाख ६, २०८१

सल्यान बस दुर्घटना अपडेट:   घाइते विकको मृत्यु

दाङ:     सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । 


मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए ।


बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।


 

यो पनि पढ्नुहोस

 

 


दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो ।


अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

दाङ:   २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतिरको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका  खिमलाल  खत्री जानुभएको थियो । गा...

थप पढ्नुहोस्

सुर्खेत:   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् । ...

थप पढ्नुहोस्

इलाम:     इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सुहाङ नेम्वाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । सुहाङ फराकिलो मतले विजयी भएपछि बधाई दिन उन...

थप पढ्नुहोस्