गायिका एलिना चौहान बागलुङका विष्णुसँग विवाह बन्धनमा
काठमाडाैं | बैशाख ५, २०८१
काठमाडौं: गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् ।
बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।
विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

