धादिङको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
धादिङ | बैशाख ५, २०८१
धादिङ: धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी भन्ने स्थानको पाल्पालीटोलमा गत आईतबार भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भए पछी मृतकको संख्या चार पुगेको हो गम्भिर घाइते भएका चालक श्रीमलको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।
जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचार पछि आईतबार दिउँसो थप उपचारका लागि घाईते ६ जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको थियो ।
काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो भने एक जनाको घटना स्थलमा र अर्का एक जनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा आईतवार नै मृत्यु भएको थियो ।
मृतक र घाईते सबै पतेनी टोलकै हुन् । मृत्यु हुनेमा एकै घर परिवारका तीनजना रहेका छन् । घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा ३५ बर्षिया हिरा रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।
गत आईतवार गाई बस्तुको मोल बोकेर खाल्टेको पतेनी टोलबाट पतेनीवेशीतर्फ जाँदै गर्दा बा ३ ख ८९४७ नम्वरको मिन ट्रक दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिव पचास मिटर तल खोल्सामा खस्दा सो दुर्घटना भएको हो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

