सिक्लेस हत्याकाण्ड: हत्या आरोपित २ जना पुर्पक्षका लागि कारागार, २ जना बालसुधार गृह चलान
पाेखरा | चैत २८, २०८०
पोखरा: सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत कास्कीले हत्या आरोपमा प्रकाउ परेका धनबहादुर लामा र कान्छी लामा तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । हत्या आरोपमा प्रकाउ परेका अन्य २ जना बालकलाई भने जिल्ला अदालतले बाल सुधार गृह चलान गरेको छ ।
गएको फागुन अन्तिम साता सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेका रामबहादुर तामाङ चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए ।
यो पनि पढ्नुहोस
मृत अवस्थामा फेला परेका तामाङको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गर्दा प्रहरीले मृतकसँगै आएका तीनजनासहित उनकी श्रीमती कान्छा लामा तामाङलाई प्रकाउ गरेको थियो ।
अनुसन्धानका क्रममा मृतक तामाङको श्रीमतीले नै श्रीमानको हत्या गर्न धनबहादुरलाई सुपारी दिएको खुलेको थियो । प्रहरीले हत्यामा आरोपित ४ जनालाई काठमाडौं र सिन्धुपाल्चोकबाट प्रकाउ गरेको थियो ।
काठमाडौं: भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...
म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ...
ढोरपाटन: दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत...

