घान्द्रुकको मेश्रम माविलाई चलचित्र ‘शिरसुवा’को २ लाख सहयोग
पाेखरा | चैत २५, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकस्थित मेश्रम बराह माविलाई गुरुङ चलचित्र शिरसुवा टिमले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित गुरुङ कथानक चलचित्र शिरसुवाको टिमले विद्यालयलाई आज एक कार्यक्रमको आयोजना गर्दै २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
घान्द्रुकस्थित मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनका लागि फिल्मको आम्दानीबाट २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए ।
उनका अनुसार घान्द्रुकमा छायाङ्कन गरिएको गुरुङ कथानक चलचित्र शिरसुवाको आम्दानीबाट २ लाख मेश्रम माविमा कक्षा ११ र १२ कक्षा सञ्चालनार्थ सहयोग गरिएको हो । उनले उक्त चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन भएपछि बेलायतमा ७ पटक प्रदर्शन भइसकेको छ ।
मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनार्थ गठित अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले सबैको साथ सहयोगमा कक्षा सञ्चालन गर्न सफल भएको बताए ।
‘हामीले गाउँमा नै कक्षा ११ र १२ सञ्चालन गर्न सफल भएका छौं, कक्षा सञ्चालनमा सबैको साथ सहयोग अनिवार्य छ, गुरुङले भने, ‘घान्द्रुकमा छायाङ्कन भएको चलचित्र शिरसुवाले पनि कक्षा सञ्चालनका सहयोगार्थ भनेर नै फिल्म तयार गरेको छ, हामी यसमा आभारी छौं ।’

चलचित्र शिरसुवाका निर्माण समूहले घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माण गर्नका लागि ५ लाख रुपैयाँसमेत आर्थिक सहयोग गरिसकेको छ ।
मेश्रम बराह माविमा २०७४ सालमा अस्थायी अनुमति लिएर कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । हाल सो विद्यालयमा ११ र १२ मा गरी करिब ५० बढी विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

