३० गतेदेखि डिग्री माइलाको प्रदर्शन

पाेखरा | चैत २५, २०८०

३० गतेदेखि डिग्री माइलाको प्रदर्शन

पोखरा:  प्रचारप्रसारका  लागि पोखरामा डिग्री माइलाको प्रेसमिट गरिएको छ ।

 

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मलेनमा निर्माणपक्ष आशावादी देखिन्छ ।

 

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा बेरोजगार युवाको कथा भएको कलाकार प्रकाश घिमिरेले उल्लेख गरे ।

 

उनी आफै पनि उक्त सिनेमामा अभिनय गरेका छन् । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा घिमिरेलाई देख्न सकिन्छ । पढेलेखेको व्यक्तिको चेतनाको स्तरलाई समेत सिनेमा मार्फत देखाउन खोजिएको उनले बताए ।

 

घिमिरेले डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको बताए । नाटकमा हेरेता पनि दृश्यात्मक रुपमा सिनेमा मार्फत अझ फरक पाउने उनले बताए ।

 

 

कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा देखिदैछन् । उनले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गरे । सिनेमामा चर्चित कलाकारको सशक्त अभिनय भएकाले दर्शक निराश भएर फर्किन नपर्ने उनले बताए ।

 

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुरुङ स्विकार्छन् । सिनेमाको सानो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने तर्क उनको छ । एकातिर अस्वस्थ प्रतिस्पर्धा भइराख्दा अर्कोतर्फ भाइचाराको सम्बन्ध पनि गाँसिएको उनी बताउँछन् ।

 

डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ सहित बुद्धी तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।

 

विशाल गुरुङ ९एलजी०, मनीराम पोखरृेल, मधु मिजार र सुश्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबु गुरुङले नै लेखेका हुन् ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्