एक्सनमा कास्की प्रहरी: मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुन्ने
पाेखरा | चैत २३, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एव्म प्रहरी उपरीक्षक मोहनकुमार थापाले पोखरामा भोलिदेखि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसप र चालकलाई कारवाही गर्ने बताएका छन् ।
कास्की प्रहरी प्रमुख थापाले आज पोखरामा मोटरसाईकल वर्कसपमा सचेतना मूलक स्टिकर टाँस्ने अभियान शुभारम्भको गर्दै मोडिफाई मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेबापत कारवाही गरिएपनि नियन्त्रणमा नआएको बताए ।
त्यसैले सवारी जरिवाना मात्रै नभएर २५ दिन हिरासतमै राख्ने घोषणा गरे ।
‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई भएका केही मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेवापत जरिवाना ग¥यौं, कास्की प्रमुख थापाले भने, ‘मोडिफाई गर्ने क्रम अझै रोकिएको छैन । अब हामी मोडिफाई गर्न संग्लन हुने सबैलाई मुलुकी अपराध संहिता २०७४ मा सार्वजनिक शान्ति भंग गर्न नहुने कसुर छ । त्यसमा कसैलाई दुःख हैरानी दिन नपाईने उल्लेख गरिएको छ । त्यही कानूनलाई प्रयोग गरेर कारवाही गर्छौ ।’
उनले पोखरामा भोलिदेखि स्विकृती विना मोेटरसाइकल मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुनामा राखेर कारवाही गर्ने बताए ।
‘पोखरामा पछिल्लो समय सवारी साधन मोडिफाई गरेर चलाउने क्रम बढ्दो रुपमा रहेको छ, केही सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही पनि ग¥र्यौ, थापाले भने, ‘‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई गर्ने क्रम नरोकिएकाले भोलिदेखि पोखरामा मोटरसाइकल मोडिफाई गर्न संग्लन हुने वर्कसप र चालक दुवैलाई २५ दिन थुनामा राखेर कारवाही गर्छौ ।’
प्रहरी उपरीक्षक एवम् कास्की प्रहरी प्रमुख थापाले कसैसँग कुनै सम्झौता नगरी कानूनको पालनामा लाग्ने बताए ।
जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयले पछिल्लो समय मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई कारवाही गर्दै आएको छ । यसअघि कास्की प्रहरीले करिब ७ सय मोेडिफाई मोटरसाइकललाई कारीवाही गरिसकेको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

