लामा फाउण्डेशन घान्द्रुकले राख्यो जोखिमयुक्त घुम्तीमा ‘कन्भेक्स मिरर’
पाेखरा | असार १७, २०७९

पोखरा : कास्कीको पर्यटकीय स्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ ।
कास्कीको अन्नपुर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख बराबरको कन्भेक्स मिरर जडान गरेको हो ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण ८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदुँ लगायतका घुम्तीहरुमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो ।
घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईहरुको आर्थिक सहयोग गर्नुभएको छ ।’
कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालकहरु पनि हर्षिद छन् । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकको घुम्तीहरुमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीहरुमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउदै अब कन्भेक्स मिररले हर्नको प्रयोग गर्न नपर्ने सुनाए । ‘कसैले त हर्न पनि बजाउँदैनन्, उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । र हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’उनले फाउण्डेशनका संस्थापक लामालाई धन्यवाद समेत व्यक्त गर्दै विगतमा कलाभीरमा समेत रेलिङ निर्माण गरिदिएको स्मरण गरे ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
ललितपुर: प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को...
पाटन: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय...
सप्तरी: सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...