८ बुँदे सहमतिपछि बन्ने भयो ‘फल्चा’

कास्की | असार १७, २०७९

८ बुँदे सहमतिपछि बन्ने भयो ‘फल्चा’

पोखरा:  ८ बुँदे सहमतिसहित पोखराको पालिखे चोकमा निर्माणधिन फल्चा विवाद टुङ्गिएको छ ।  शुक्रबार महानगरका मेयर धनराज आचार्य, भिन्तुना युवा क्लब र स्थानीयहरुबीच पोखरा ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको विषयमा ८ बुँदे सहमति गर्दै विवाद समाधान भएको हो । 

 

यसअघि भिन्तुना युवा क्लबका अध्यक्ष राजन श्रेष्ठ नेतृत्वाको टोलीले पालिखे चोकमा फल्चा निर्माण रोक्न भन्दै विरोध गर्दै आएका थिए ।

‘फल्चा भित्र हिटी (धारो) नराख्ने, फल्चाको आकार मिलेसम्म सानो बनाउने, हालको मेयरको कार्यकाल भित्र आवश्यक अधिग्रहण गरि पालिखेचोक चक्लाबन्दी गर्ने तथा सो चोकदेखि नालामुखसम्म ढल तथा सडकको स्तरोन्नती कार्यक्रम अगाडी बढाउने साथै भिन्तुना युवा क्लब र सरस्वती मन्दिर संरक्षण समिति र स्थानीयसँग सहकार्य गर्ने’ पत्रमा उल्लेख गरिएको छ । 

 

यसैगरि विकास गर्ने क्रममा आवश्यक परेको खण्डमा सो फल्चा हटाउन दुवै संस्थासँग सहकार्य गर्ने, वडामा आयोजना हुने हरेक कार्यक्रममा सहकार्य गर्दै अगाडी बढ्ने सहमति भएको छ । 

 

 

सकियो ५० प्रतिशत काम

 

पोखरा महानगरपालिका ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको ५० प्रतिशत काम सम्पन्न भएको छ ।  अभियन्ता अशोक पालिखका अनुसार महानगरपालिकाले २० गते सम्मको समय दिएकाले फल्चा निर्माण तिन दिनभित्र सम्पन्न हुनेछ । 

 

सिता विल्डर्सले ठेक्का सम्झौता गरि १९ लाख २२ हजार ९ सय २५ रुपैयाँमा फल्चा निर्माणको काम गरिरहेको छ । 

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

थप पढ्नुहोस्