पर्वतमा एक दम्पती मृत फेला, हत्याको आशंका
पर्वत | चैत २०, २०८०
पर्वत: पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पती मृत फेला परेका छन् ।
अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।
उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

