पोखरा ३३ का बासिन्दा भन्छन्, ‘कुनैपनि सर्तमा ल्याण्डफिल्ड साइट ल्याउँन दिदैँनौं’

‘ल्याण्डफिल्ड साइट’ नसारे विमानस्थलमा जहाज उड्दैनन्

कास्की | असार १७, २०७९

पोखरा ३३ का बासिन्दा भन्छन्, ‘कुनैपनि सर्तमा ल्याण्डफिल्ड साइट ल्याउँन दिदैँनौं’

कास्की:  पोखरा महानगरपालिका ३३ स्थित भरतपोखरीबासीले आफ्नो वडामा ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्न नदिने बताएका छन् । 

 

भरतपोखरीबासी सचेत नागरिकद्वारा आज (शुक्रबार) आयोजित ल्याण्डफिल्ड साइट ठिक कि बेठिक विषयक छलफल कार्यक्रम पश्चात कुनैपनि सर्तमा ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्न नदिने निष्कर्षमा पुगेका हुन् ।

 

स्थानीय अगुवा तथा छलफल कार्यक्रमका संयोजक किरण थापाले आफ्नो वडामा ल्याण्डफिल्ड साइटका लागि जग्गा नदिने बताउदै सुनगाभा न्यूजसँग भने ‘कुनैपनि हालतमा र कुनैपनि सर्तमा पोखरा ३३ मा ल्याण्डफिल्ड साइट लैजान नदिने निर्णय गरेका छौं ।’

 

स्थानीयबासीको छलफलपछि ४ वटा विषयमा निर्णय भएको कार्यक्रम संयोजक थापाले बताए । उनका अनुसार भरतपोखरीमा ल्याण्डफिल्ड जान नदिने, भोलि (शनिबार) वडा कार्यालयको आयोजनामा सर्वदलीय भेला आयोजना गर्ने, आइतबार महानगरपालिकामा विरोध पत्र बुझाउने, र सँघर्ष समिति बनाएर चरणबद्ध रुपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।

 

यसअघि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले पोखरा ३३ स्थित भरतपोखरीमा ल्याण्डफिल्ड साइट सार्न आवश्यक बजेट व्यवस्थापन गर्दै आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो । 

 

यता पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल्ड सार्नै पर्ने नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ । विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा रहेकोले सञ्चालनको पूर्वसर्त पोखरा १४ मा रहेको ल्याण्डफिल्ड साइट सार्नपर्ने र रिठेपानीको डाँडा कटान गर्नुपर्ने आयोजनाले जनाएको छ । 

 

त्यसपछि पोखरा महानगरले पोखरा ३३ भरतपोखरीस्थित दुई स्थानमा ल्याण्डफिल्ड साइट सार्नको लागि स्थलगत अवलोकन गरेको थियो ।

 

अहिले स्थानीयहरु सो स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने निष्कर्षमा पुगेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । ‘आजको व्यापक छलफलपछि चाँह राख्न नदिने नै भन्ने भाछ, वडाध्यक्ष अधिकारीले भने,  ‘९९ प्रतिशत नै वडा नम्बर ३३ मा राख्न दिन हुदैंन भन्ने राय आएको छ ।’

 

उनले भोलि (शनिबार) पोखरा महानरपालिकाका प्रमुख तथा उपप्रमुख, पोखरा ३३ का दलीय नेताहरु र स्थानीयहरुबीच अन्तरक्रिया कार्यक्रम राख्नको लागि पहल गरिरहेको बताए ।

 

 

‘ल्याण्डफिल्ड साइट’ नसारे विमानस्थलमा जहाज उड्दैनन्

 

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल्ड साईट स्थानान्तरण गर्नुपर्छ ।

 

विज्ञहरुका अनुसार विमानस्थल सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १४ बाट ल्याण्डफिल्ड साइट अन्यत्र लानुपर्छ ।

 

यदि सो ठाउँबाट ल्याण्डफिल्ड साईट सारिएन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँन सक्दैन । किनभने धावनमार्ग र ल्याण्डफिल्ड साईट नजिकै छ । एउटै क्षेत्रमा विमानस्थल र ल्याण्डफिल्ड साइड रहेकाले  गिद्ध र चराहरु विमानस्थलमा नाँच्छन् ।  

 

यस आसपासमा व्यापक गतिविधि बढाउँछन् र उडानमा अवरोध सिर्जना गर्छन् । त्यसैले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भन्छन् , ‘ल्याण्डफिल्ड साइट विमानस्थल सञ्चालनको पूर्वसर्त हो । यो ल्याण्डफिल्ड साइट सरेन भने पोखरा विमानस्थल सञ्चालन हुने विषय अनिश्चित छ ।’

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्