प्रश्नै–प्रश्नः कर तिर्न कहिलेसम्म लाइन बस्नुपर्ने हाे हाकिमसा'ब ?
काठमाडाैं | बैशाख ८, २०७९
सुमन क्षेत्री (सेवाग्राही)
सेवाग्राहीसँग सम्बन्धित सरकारी कार्यालयहरुमा अव्यवस्थित र अनियन्त्रित भीड हुनु सामान्य भएको छ । बैंक तथा वित्तीय संस्था, राजस्व कार्यालय होस् वा यातायात व्यवस्था कार्यालय । काम विशेषले त्यहाँ पुग्दा एकदिनमै काम सक्नु फलामको च्युरा चपाउनु सरह हुन्छ । परिवर्तित समय र प्रविधिको विकास भइरहेको सन्दर्भमा आम नागरिकको हितमा व्यवस्था परिवर्तन गर्न नसकेको सर्वविदितै छ ।
आफ्नो सवारी साधनको नवीकरण गर्न यातायात पुग्दा बिचौलियाहरु सल्बलाउँछन् अव्यस्थित तवरले लाइन बस्नुपर्ने बाध्यता कायमै छ । प्रस्तुत छ, यसै विषयमा लेखनाथवासी सुमन क्षेत्रीले सुनगाभा न्यूजसँग यातायात व्यवस्था कार्यालयका प्रमुखसमक्ष राखेको प्रश्नः
– ब्लूबुक रिन्यू (नवीकरण) गर्न लाइनमा कहिलेसम्म र कतिञ्जेस बस्नुपर्ने हो ?
– त्यहाँमात्रै होईन लाइसेन्स (चालक अनुमतिपत्र) विभागमा पनि उस्तै हुन्छ । नेपालको सरकारी निकायहरुमा व्यवस्था कहिल्यै परिवर्तन हुदैन ? तपाइको कार्यालयमा सिस्टम व्यवस्थित गर्न तपाईले पहल गर्नै नहुने हो ?’
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

