आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा

काठमाडाैं | असार १६, २०७९

आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा


सुर्खेत :     राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताउनुभएको छ । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तक्र्रिया कार्यक्रममा उहाँले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताउनुभयो । 

  

 अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । “४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विप्रेषणले  देशको अर्थतन्त्र धानिएको छ”, उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।” गरिबीका कारण नेपालमा सनातन हिन्दू धर्मप्रति आक्रमण बढ्दै गएको उहाँको भनाइ थियो । 

    

लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका नेताहरुले रजगज गरेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो, “मुलुकमा सामाजिक, आर्थिक परिवर्तनको प्रतीक्षामा बसेका आम नागरिकमा चरम निराशा छाएको छ, उनीहरुका दुःखका दिन अझै सकिएका छैनन् ।” समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग मुलुकको समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा अन्तक्र्रियासँगै प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्