सुनसरीमा १६३ केजी गाँजा बरामद
सुनसरी | चैत ७, २०८०
सुनसरी: सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १:३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सहप्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटि गएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडी डुङ्गा लिई फरार भएका प्रहरीले जनाइको छ ।
उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । सशस्त्र प्रहरीले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ केजि गाँजा बरामद गरेको शस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

