मोरङमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
मोरङ | चैत ७, २०८०
मोरङ: मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मङ्गबार राति १ः४५ बजे बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ)प्रयोग गरी हत्या गरेका हुन् ।
बेलबारी–१ कि शर्मिला राईको घरमा विगत चार वर्षदेखि भाडामा बस्दै आएका लिम्बूले श्रीमतीमाथि दाउ प्रहार गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । नजिकै रहेको प्रहरी पुग्दा गीताको मृत्यु भइसकेको थियो ।
प्रहरीका अनुसार श्रीमतीको हत्यापछि सोही खुकुरीले आफ्नो घाँटीमा रेटेका बमबहादुर लिम्बु गम्भीर अवस्थामा घटनास्थलमा भेटिएका थिए । प्रहरीले तत्काल उद्धार गरी बमबहादुरलाई उपाचारका लागि नोबेल अस्पताल मेडिकल कलेज विराटनगर पठाइएको थियो । घाँटीमा गहिरो चोट लागेका लिम्बू घटनास्थलमा नै बोल्न नसक्ने अवस्थामा थिए । लिम्बूको उपचारका क्रममा बुधबार बिहान ३ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।
स्थानीयका अनुसार श्रीमान श्रीमती बिच मनमुटाव भइरहने गरेको थियो । श्रीमतीलाई दाउ प्रहार गरेपछि बमबहादुरले छोरा योन्जन लिम्बूलाई दाउ प्रहार गरेका थिए । तर उनी भागेर बाँचेका थिए । दुबै शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

