एनआईएमबीलाई इसान कप उपाधि
काठमाडाैं | चैत ५, २०८०
काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैैँक एनआईएमबीले आरबीबीएल इसान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा सोमबार भएको फाइनल खेलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले हरायो ।
एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गोल गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे ।
उपविजेता आयल निगमले ३० हजार रुपियाँ प्राप्त प्राप्त गर्याे। राष्ट्रिय वाणिज्य बैँकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगितामा नेपाल बैँक लिमिटेड तेस्रो भयो । नेपाल बैँकले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे।
प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक र राष्ट्रिय वाणिज्य बैँकले अनुशासित टिमको उपाधि जित्यो ।
विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैँकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

