एनआईएमबीलाई इसान कप उपाधि

काठमाडाैं | चैत ५, २०८०

एनआईएमबीलाई इसान कप उपाधि

काठमाडौँ:  नेपाल इन्भेष्टमेन्ट मेगा बैैँक एनआईएमबीले आरबीबीएल इसान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।


 सोल्टीमोडस्थित चैत्य फुटसलमा सोमबार भएको फाइनल खेलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले हरायो । 

 

एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गोल गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे ।

 

उपविजेता आयल निगमले ३० हजार रुपियाँ प्राप्त प्राप्त गर्याे। राष्ट्रिय वाणिज्य बैँकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगितामा नेपाल बैँक लिमिटेड तेस्रो भयो ।  नेपाल बैँकले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्याे।

 

प्रतियोगिताभर ९ गोल गरेका​ एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक र राष्ट्रिय वाणिज्य बैँकले अनुशासित टिमको उपाधि जित्यो । 

 

विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैँकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 


 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैला...

थप पढ्नुहोस्

काठमाडौं:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...

थप पढ्नुहोस्