दाङमा जीप दुर्घटना हुँदा जितबहादुरको मृत्यु

दाङ | चैत ५, २०८०

दाङमा जीप दुर्घटना हुँदा जितबहादुरको मृत्यु सांकेतिक तस्बिर

दाङ:     पश्चिम दाङमा आज यात्रुबाहक जीप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।


बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो ।

 

त्यसैगरी जीप चालक बबई–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।


पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जीप भाङाबारी नजिकै उकालोमा टायरमा ढुङ्गा लगाएर रोक्ने क्रममा पछाडि आएर दुर्घटना हुँदा सात जना घाइते भएका थिए ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्