अर्थमन्त्री लाइनमा आएपछि प्रदेशको मन्त्रीमण्डल हेरफेर हुनबाट जोगियो

काठमाडाैं | असार १६, २०७९

अर्थमन्त्री लाइनमा आएपछि प्रदेशको मन्त्रीमण्डल हेरफेर हुनबाट जोगियो

पाेखराः असार १ गते गण्डकी प्रदेशको बजेट सार्वजनिक गरेपछि गठबन्धनबाटै आलोचित भएका अर्थमन्त्री रामजी बराललाई मन्त्रीबाटै हटाउने योजना बनाइएपनि अहिले उक्त संकट टरेको छ । 

 

बजेटमा मन्त्रीपरिषद्बाट पारित भएको योजनामात्रै हैन मुख्यमन्त्रीको योजनासमेत बाइपास भएको भन्दै नेपाली कांग्रेसबाट विरोध भइरहेको छ । त्यस्तै, प्रतिपक्ष दल नेकपा एमालेले पत्रकार सम्मेलननै गरेर प्रदेश सरकारले हालसम्म पनि बजेटबारे छलफल नचलाएकोमा रोष प्रकट गरेको छ । 

 

बजेटकै विषयमा खेलकुद मन्त्री राजीव गुरुङले अर्थमन्त्री बराललाई बेइमानीको संज्ञासमेत दिए । गठबन्धनका सहयात्रीमात्र नभएर आफ्नै पार्टीबाट पनि मन्त्री बरालमाथि आलोचना भएको छ । 

 

मन्त्रीपरिषद्बाट पारित भएको बजेटको साटो आफ्नो गोजीबाट बजेट प्रस्तुत भएको भनि मुख्यमन्त्रीले टिप्पणी गरेपछि कांग्रेस र माओवादीबीच बिग्रिएको सम्बन्धले हाल प्रदेश सभाको बंठक डाक्ने माहौलसमेत बन्न सकेको छैन । 

 

यस्तै बिग्रदो परिस्थितिबीच सरकारले मन्त्री नै हेरफेर गर्ने तयारी थालेको सुइँको पाएपछि अर्थमन्त्रीले गल्ती स्वीकार्दै बजेटबारे पुनः गृहकार्य गर्ने बताएका छन् । मन्त्रालय स्रोतकाअनुसार अर्थमन्त्री फाल्ने सहमति भएपछि बरालले बजेटको समीक्षा गरेर मन्त्रीपरिषद्को सल्लाह अनुसार चल्न राजी भएका हुन् । 

 

माओवादीबाट पनि गठबन्धनको सरकार भएकाले ‘सबैको कुरा सुन्नुपर्ने’ भन्दै मन्त्री बराललाई हटाउन ग्रीन सिग्नल दिइएको थियो । तर बुधबार अर्थमन्त्री बरालले मन्त्रीपरिषद्बाट पारित बजेटलाई समेटेर सभामा छलफल चलाउन राजी भएका छन् । 

 

‘उहाँ (अर्थमन्त्री) गठबन्धनको प्रमुख दलसँग मन्त्रीपरिषद्ले तयार पारेको योजना अनुसार बजेटलाई समेट्न तयार भएपछि हाललाई मन्त्रीमण्डल पूनःगठनको अध्याय सकिएको छ’ मन्त्रालय स्रोतले भनेको छ । 

 

स्रोतका अनुसार हिजो पनि अर्थमन्त्रीले अटेर गरेको भए आज मन्त्रीमण्डल हेरफेर हुने प्रबल सम्भावना थियो । हाललाई संकट टरेपछि गण्डकी सरकारले सकेसम्म आगामी आइतबार अन्यथा सोमबार बजेटबारे छलफल गर्न प्रदेश सभा डाक्ने भएको छ । 

 

बजेट सार्वजनिक गरेलगत्तै मुख्यमन्त्रीले बराललाई डाकेर स्पष्टीकरण सोधेका थिए । त्यतिबेला पनि बरालले माफी मागेको बताइएको छ । 

 

अर्थमन्त्री बरालले असार १ गते आर्थिक वर्ष ०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्