पोखरामा दोस्रो केपी ओली सडक दौड प्रतियोगिता सम्पन्न

पाेखरा | फागुन १९, २०८०

पोखरामा दोस्रो केपी ओली सडक दौड प्रतियोगिता सम्पन्न

पोखरा:   नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न भएको दोस्रो केपी ओली सडक दौड प्रतियोगितामा सपन्न भएको छ । 


शनिबार सम्पन्न विद्यालयस्तरीय ५ किलोमिटर दौडमा कास्की मोडनाईजका बादल कार्की प्रथम, छोरेपाटन माविका तेन्जोङ रोका द्धितीय र सैनिक आवासिय माविका नारायण रानाभाट तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 


यस्तै विद्यालयस्तरीय छात्रातर्फ छोरेपाटन माविका विष्णु थापा प्रथम, गौरीशंक माविका करिवा मगर द्धितीय र मेधराज सामुदायिक विद्यालय घाचोकका एन्जिला जिटी तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।


यस्तै खुल्ला महिला ५  किलोमिटर सडक दौडतर्फ नितु तामाङ प्रथम, तनहुँ भिमादका ममता कुमाल द्धितीय र पोखराका रेवती तिमल्सिना तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।


यस्तै पुरुष भेट्रानतर्फ पोखराका विष्णुलाल श्रेष्ठ प्रथम, शंकर शाह द्धितीय र ओमबहादुर थापा तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।


नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिता वार्षिक परीक्षाको कारण निर्धारित मितिबाट अगाडि नै सञ्चालन गरिएको संयोजक विष्णु पुनले बताए । 


उनका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता चैत २६ देखि सञ्चालन हुनेछ । खेलकुद महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुनेछ । 


 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्