अरुणाको कप्तानीमा गण्डकीले पाल्पामा राष्ट्रिय भलिबल खेल्ने
पाेखरा | फागुन १७, २०८०
पोखरा: गण्डकी प्रदेश महिला भलिबल टिमले पाल्पाको रामपुरमा भोलिदेखि सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल महिला प्रतियोगितामा अरुणा शाहीको कप्तानीमा सहभागिता जनाउने भएको छ ।
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाउन प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय महिला टोलीका कप्तान समेत रहेका अरुणा शाहीको कप्तानीमा (बुधबार) १५ सदस्य टोली घोषणा गरेको छ ।
गण्डकी प्रदेश महिला टिममा अरुणा शाही (कप्तान), एलिसा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोईङ थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुशी पुन, रेविना घर्ति मगर, अनिशा रोका, प्रशिक्षकमा मलिन रोका, सहायक प्रशिक्षकमा समित गुरुङ र व्यवस्थापकमा पूर्णबहादुर गुरुङ रहेका छन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसँगै सातै प्रदेशको सहभागिता रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

