आदर्श कप: होराइजन क्लब सेमिफाइनलमा प्रवेश
पाेखरा | माघ १०, २०८२
पोखरा: कास्कीको लेखनाथमा शुक्रवार देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो क्वाटफाइनल खेलमा स्याङ्गजाको होराइजन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापाले खेलको ८१ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफ सी र तनहु जिल्ला फुटबल संघका टीमविच खेल हुने वताइएको छ ।
शनिवारको खेलमा स्याङ्गजाको होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापा म्यान अफ द म्याच बन्न सफल भइ रु पाँच हजार पुरस्कार जितेका थिए ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

