अवार्डमा घले, न्यौपाने र सरिताको साथ
पाेखरा | असार १५, २०७९
पोखरा : पोखरामा आयोजना हुने छैटौं सस्करणको पोखरा स्पोर्टस अवार्डलाई अमेरिकाबाट समाजसेवी तथा अभियान्ता सरिता गुरुङले साथ दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहीं असार १८ गते शनिबार हुने अवार्डलाई उनले नगद सहयोग गर्ने भएकी हुन् । अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार सरिताले अवार्ड सफल बनाउन नगद १५ हजार रुपैयाँ सहयोग गरेकी छन् । पोखरा घर भई हाल अमेरिका बस्दै आएकी सरिता विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् ।
यसैगरी हाल जापानमा रहनुभएका मञ्चका पूर्व अध्यक्षद्धय मोहन घले र प्रेम नारायण न्यौपानले समेत अवार्डलाई साथ दिएका छन् । उनीहरु दुवै जनाले जनही १५ हजार रुपैयाँ सहयोग गरेको अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक रञ्जितले बताए । पूर्व अध्यक्ष घले नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष समेत हुन् ।
विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्च गण्डकीका महासचिव राजाराम पौडेलको भनाई छ । कार्यक्रमको थप आर्कषर्णको रुपमा साँस्कृतिक कार्यक्रम समेत रहने छ ।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले समेत सहयोग गरेका छन् ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

