अन्नपूर्ण व्याण्ड नेपालको ‘भो’ सार्वजनिक (भिडियो सहित)
पाेखरा | असार १५, २०७९

कास्की: अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ । व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ।
आशिम गुरुङ र अप्सरा गुरुङको मुख्य अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङले स्वर भरेका छन् ।
निर्माण पक्षका अनुसार अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन् ।
यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गरेका छन् । संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गरेका छन् भने सो भिडियोको छायांकन सुमन पराजुलीका गरेका हुन् । गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ ।
भिडियो:
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...