पोखरा महानगर–३ मा मेलमिलाप केन्द्र स्थापना

पाेखरा | फागुन १४, २०८०

पोखरा महानगर–३ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा:     पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन ।


केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताउनुुभयो ।

 
स्थानीय तहका विवादमा सिधै अदालत पुग्दा पैशा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भएकाले मेलमिलाप मार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा भुमिका खेल्ने बताउनुुभयो । उहाँले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराउनुुभयो ।


न्यायिक समितिका सदस्य कालिदास पोखरेलले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुुभयो । वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदासले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताउनुुभयो । उहाँले आफनै वडामा बसेर विवाद समाधान गर्दा समाजिक सद्भाव कायम हुने विश्वास ब्यक्त गर्नुभयो । वडा मेलमिलापकर्ता संयोजक बसन्त कतिलाले वडाभित्रका विवाद समाधान गर्न आफनो तर्फबाट भुमिका खेल्ने बताउनुुभयो । 


न्यायिक समितिले महागनरका ३३ मध्य चार  वटामा मेलमिलाप केन्द्र स्थापना हुुन सकेको थिएन ।  न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्