आँखैमा झलझली खुमै (फोटो फिचर)

कास्की | फागुन १४, २०८०

आँखैमा झलझली खुमै (फोटो फिचर)

कास्की:   पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।

 

चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । 

 

यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । 

 

कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्ग अन्तरगत पर्ने खुमैडाँडा यतिबेला हिउँले ढपक्क ढाकिएको छ र सेताम्मे बनेको छ ।

 

पदयात्रामा रम्नका लागि यो वर्षको सिजन अब सकिनेवाला छ । त्यसैले हिउँ खेल्न र लालिगुँरास हेर्नका लागि खुमैडाँडा उपयुक्त मानिन्छ । पर्यटकलाई सेवा सुविधाका दिनका लागि खुमैडाँडामा नयाँ ४ होटल थपिएसँगै अहिले ७ वटा होटल सञ्चालनमा छ । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन । 

 

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि तातोपानी खारपानी हुदैं मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ  भने (अर्काे रुट) घाचोक हुदैं पनि जान सकिन्छ ।

 

जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ । 

 

त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ । ​ कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङलाको नेत्रभोजन र प्राकृतिक सौन्दर्यतासँग पिरती गाँस्न पाइन्छ । 

तस्बिरः राकेश मगर /अर्जुन गाहा सुशान्त (सुनगाभा न्यूज)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्