कास्कीकाे मिर्सा भिरबाट खसेर जर्मन नागरिककाे मृत्यु

पाेखरा | फागुन १३, २०८०

कास्कीकाे मिर्सा भिरबाट खसेर जर्मन नागरिककाे मृत्यु Filed Photo


पाेखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर जर्मन नागरिकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा जर्मनी नागरिक पिया रहेका छन् ।
 

पिया मिर्सा झर्ने क्रममा हिजो बेलुकी (शनिबार) लडेर रुखमा अड्किएका थिए ।

 

पियाको शव आज बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखबाट निकालेर पोखरा ल्याएको छ । 

 

सँगै घुम्न गएका उनका अमेरिकन साथीले पिया लडेको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई कास्की प्रहरीले नियन्त्रणमा राखेको छ ।
 

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्