हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला | फागुन ९, २०८०
हुम्ला: हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो ।
सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, बन्द हुने र बेलाबेला हिमपात भइरहने भएको कारण हवाई सेवा सुचारु हुन नसक्ने उनले बताए ।
हवाई सेवा सुचारु गर्न बेलाबेला आकाश खुल्ने गरेको भएपनि अन्य कुनैपनि मापदण्ड पूरा नभएको कारण उडान हुन नसक्ने भएको छ । नेपालगञ्जबाट सीता, समिट र तारा एयरको जहाजबाट उडान भर्ने तालिका थियो । हवाई सेवा अवरुद्ध भएपछि दुवैतिरका हवाई यात्रु मर्कामा परेका छन् । विद्यालयहरु सञ्चालनमा आइसकेको कारण विशेषगरी हिउँदे बिदामा निस्किएका शिक्षकहरु नेपालगञ्जमा रोकिनुपरेको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

