महाकवि: महाआख्यान

पाेखरा | फागुन ६, २०८०

महाकवि: महाआख्यान

पोखरा:   महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यबारे त यहाँहरुलाई जानकारी भएकै हुनुपर्छ । म चाहिँ देवकोटाको साहित्यिक पक्षभन्दा देवकोटाको व्यक्तित्व कस्तो थियो । देवकोटाको आनीबानी कस्तो थिए । देवकोटाका रमाइला कुराहरु केके थिए । यस्ता विषयमा केन्द्रीत हुन चाहेको हो  मैले ।  म त्यतै प्रति नै आफुलाई केन्द्रीत हुँदै लैजानेछु ।


अब महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो पिताजी पण्डित सोमनाथ घिमिरे व्यासका मित्र हुनुहुन्थ्यो । मेरो पिता जि पनि नेपाली साहित्य र अंग्रेजी साहित्यमा विद्धान हुनुहुन्थ्यो, लेखक पनि हुनुहुन्थ्यो । हाम्रो मुल घर रामेछाप हो । रामेछापबाट पिता जि बेलाबेलामा भाषा पाठशालामा पढाउनुहुन्थ्यो र काठमाडौं आउने गर्नुहुन्थ्यो । त्यहि आउने शिलशिलामा आफु साहित्य अनुरागी भएको हुनाले लक्ष्मीप्रसाद देवकोटासँग मेरो पिता जि चिनजान गर्न जानुभो । यो चाहिँ विस १९९६ को घटना हो । त्यो बेलादेखि पिता जिको देवकोटासँग परिचय भएको हो । परिचयमा प्रगाढता कसरी थपिदै गयो भने । मेरो पिता जि त्यो बेला श्री ३ भीम शमशेरको टंगाल दरवारमा सम्बन्धित हुनुहुन्थ्यो । त्यहाँ पण्डितको कार्य गर्नुहुन्थ्यो । र यहि टंगाल दरवारमा लक्ष्मीप्रसादकी साइली दिदि पनि कार्यरत हुनुहुन्थ्यो । दिदीको माध्यमबाट देवकोटासँगको मित्रतामा प्रगाढता थपिदै गयो । यसरी आउने जाने क्रम चल्दै गयो । 


मेरो पिता जि धार्मीक कुराहरु लेख्ने । लेखेका कुराहरु देवकोटालाई देखाउनु जानुहुन्थ्यो । देवकोटाले त्यो हेरेर भन्नुहुन्थ्यो रे ‘पण्डित जि तपाईंको चस्माको गलास कहाँको हो । इन्डियन गलास हो की युरोपियन’ । पिता जीले इन्डियन भन्नुभएछ । त्यसपछि देवकोटाले इन्डियाको गलासको काम छैन । युरोपियन चस्मा लगाउनुपर्छ । तपाईंको लेखन रुढिबादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईंले अनि मात्र लेखहरु लेख्नुस् भन्नुभएछ । 


त्यो भन्नुको मतलब तपाईंले आफ्नो लेखनमा दृष्टि विस्तार गर्नुस् । आधुनिक युगलाई सुहाउने खालको पनि लेख्नुस् भन्नृभएको होला भन्ने मलाई लाग्दछ । र यही प्रसंगमा पिता जीले भनेअनुसार देवकोटाको घरमा जानुहुन्थ्यो । देवकोटाको कविताहरु पनि सुन्ने, आफ्नो लेख रचना सुनाउने क्रम चलिरहन्थ्यो । हामी त केटाकेटी थियौं । म चाहिँ १९९८ सालमा जन्मिएको हुँ । मैले ६÷७ वर्षदेखि देवकोटा जिलाई आफ्नो घरमा देख्ने अवसर पाएको हुँ । 


मेरो पिता जि संगीतमा शौख राख्नुहुन्थ्यो । उहाँ तबला पनि बजाउने हार्माेनी पनि बजाउने र देवकोटा जि पनि त्यस्तो संगीतमा चाख राख्ने मेरो पिता जीको बैठकमा उहाँका केही मित्रको जमघट हुने गर्दथ्यो । त्यसमा देवकोटा, उहाँका काइला भाई मधुसुदन देवकोटा, जनकराज शर्मा, रिदयराज शर्मा  यिनीहरुको जमघट हुन्थ्यो । देवकोटा जी हार्माेनियम बजाउँदै गीत गाउन थाल्नुहुन्थ्यो शास्त्रिय संगीत । 
अब देवकोटा जी विरामी हुनुभयो । क्यान्सर रोगले ग्रसित हुनुभयो । मेरो पिता जि टंगाल दरबारसँग सम्बन्धित भएको हुनाले यहाँका राणाहरुको घर कलकत्तामा पनि थियो । त्यो देवकोटालाई पनि थाहा थियो । देवकोटाले पण्डित जी रोगको उपचार गर्न जानुप¥यो । रानी समून्द्रकुमारीको घर हामीलाई उपचार गर्न जानुछ । केही बस्ने व्यवस्था तपाईंले मिलाइदिनुहुन्छ की भनेर भन्नुभएछ । पिता जीले हुन्छ नी किन नहुनु भनेर मिलाइदिनुभयो । उहाँ उपचारका लागि कलकत्ता जानुभयो । 


एकदिन देवकोटाका भाई मधुसुदनले मेरो पिता जिलार्य भन्नुभएछ, पण्डित जि तपाईंलाई दाईले भेट्न खोज्नुभएको छ । एकपटक अस्पताल जानुप¥यो । अनि पिता जी त्यहाँ जानुभयो । जानेवित्तिकै देवकोटा जी जुरुक्क उठेर तल झर्नुभएछ । म बंगभूमिमा मर्ने भएँ । मलाई आफ्रनै भूमिमा पशुपतिनाथ, पवित्र बागमती नदिमा पुग्ने त्यहाँ मर्ने, त्यहाँ जल्ने इच्छा छ मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनुस् भनेर देवकोटाले ढोग्दै खोज्नुभएछ । त्यसपछि पिताले उठाउनु भयो । त्यसपछि परिवारप्रति जंगिदै देवकोटाले के भन्नुभएछ भने यीनीहरु मलाई उपचार गर्न आएका हुन् र यहाँ कलकत्ता शयर गर्न आएका हुन् । यहाँ मलाई विरामीलाई छोडेर घुम्न जान्छन् । देख्नुभो अहिले मलाई पागल भन्छन् । देखिहाल्नुभयो होला नी भनेर पिता जीलाई भन्नुभएछ । अनि पिता जीले मैले के सहयोग गर्नुप¥यो । मेरो नेपाल पुग्ने खर्चपर्च जति ल्याएको थिए । सकियो । परिवारसहित काठमाडौं पुग्ने खर्चको व्यवस्था तपाईंले गर्दिनुप¥यो भन्नुभएछ । पिता जीले देवकोटाको भाईलाई सोध्नुभएछः हामीलाई काठमाडौं जान कति लाग्छ । उहाँले ५ सय भए पुग्छ भन्नुभयो । ल म त्यति त दिइहाल्छु नी दिनुभएछ । र महाकविले के भन्नुभएछ भने मैले तमसुक लेख्दिनु प¥यो । त्यसपछि मेरो पिताले भन्नुभएछ मैले तमसुकलाई पत्याएर दिएको हो र मैले त मेरो मित्र लक्ष्मीप्रसाद देवकोटालाई पत्याएर दिएको हुँ । तमसुक समसुक चाहिदैन मलाई । सक्नुभयो भने फिर्ता गरिदिनु होला सक्नुभएन भने मलाई केही चाहिदैन भन्नुभएछ । फेरि महाकविले भन्नुभएछ म त बाच्दिन मरिहाल्छु । व्रमश्वो खाएर मर्छु की भन्ने डर लाग्छ मलाई । भनेर जवरजस्ती गरेर देवकोटाले लेख्नुभएछ अगाडि रहेका किताव र पत्रिकामा लेख्नुभएछ । मैले सोमनाथ घिमिरे व्याससँग ५ सय भारु सापट लिएको छु । त्यो चाहिँ मेरो सन्तानले तिरिदिनु भनेर ४÷५ वटा किताब र पत्रपत्रिकामा लेख्नुभएछ । यो लेखेपछि देवकोटाले भन्नुभएछ, यो देखेपछि मेरो सन्तानले तपाईं पैसा तिर्छन् । अनि मलाई शान्ति मिल्छ । 


(पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा रोचक घिमिरेले ‘महाकवि: महाआख्यान’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

पोखरा:    पोखरामा जेठ १७ देखि १९ गतेसम्म प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता हुने भएको छ ।  पोखरामा रहेको युुनाईटेड किङ्स क्लबको आयोजनामा जेठ १७ देखि १९ गतेसम्म भेट्रान्...

थप पढ्नुहोस्

चितवन:   चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ।   ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो। ...

थप पढ्नुहोस्

तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री श...

थप पढ्नुहोस्