कपिलवस्तुमा बस दुर्घटना हुँदा मृत्यु भएका १० जनाकै सनाखत
कपिलवस्तु | फागुन ३, २०८०

कपिलवस्तु: कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् ।
मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् ।
यस्तै दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए ।
अन्यको सन्जीवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बस दुर्घटना भने ब्रेक फेलका कारण भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...