पोखरामा ‘रोटरी/रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

पाेखरा | फागुन १, २०८०

पोखरामा ‘रोटरी/रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

पोखरा:    रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।


स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ ।


फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको रोटरी क्लब अफ पोखरा प्याराडाइजको सह–सचिव समेत रहेकी गुरुङले खुलाइन् । प्रतियोगितामा सहभागिता जनाउन रोटरी वा रोट्याक्टमा आवद्ध भएको हुनुपर्नेछ । यसका अलावा रोटरी वा रोट्याक्टमा आवद्ध परिवारको सदस्य भए समेत प्रतियोगितामा भाग लिन पाउने उनको भनाई छ ।


देशभरका जुनसुकै उमेर समुहले भाग लिन पाउने प्रतियोगितामा एकलतर्फ ३ हजार र समुहगततर्फ १० हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ ।


समुहगततर्फ प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ५० हजार र  तृतीय हुनेले २५ हजार रुपैयाँ हात पार्नेछन् । एकलतर्फको विजेताले ५० हजार, द्धितीयले २५ हजार र तृतीयले १२ हजार रुपैयाँ पाउनेछन् ।


जुनसुकै नेपाली गीतमा नृत्य गर्नपाइएपनि लोक विधालाई प्राथमिकता दिइनेछ । सामुहिक नृत्यको लागि थोरैमा ४ जना र बढीमा ८ जना सम्म रहन सक्नेछन् । नृत्यको समयावधि थोरैमा ३ मिनेट र बढीमा ६ मिनेट सम्म राख्न सकिनेछ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार भने आयोजकमा निहित हुनेछ ।


प्रतियोगितामा भाग लिन चाहनेहरुले न्युरोड पोखरामा रहेको स्टार्स स्टुडियोको कार्यालयमा पुगेर, गुगल फम भरेर अथवा फोन मार्फत समेत भर्न सक्नेछन् । फाराम फागुन ५ गते बिहानसम्म भर्न पाइने आयोजकले जनाएका छन् ।


स्टार्स स्टुडियोले यसअगाडि ‘लोक संस्कृति र हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला, कवितामा नृत्य, चित्रकलामा नृत्य, ३० वर्ष माथिको उमेर समुहको नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता, पुष १५ टिकटक प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, गुरुङ गीत एकल नृत्य प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।


यसैगरी स्व.तिलमाया गुरुङ स्मृति सम्मान, स्टार्स संस्कृति सम्मान, स्टार्स समाजसेवी सम्मान कार्यक्रम समेत संस्थाले गर्दै आएको छ । बालबालिकाको लागि स्टार्स समर क्याम्पका दुई संस्करण समेत आयोजना भयो । तेस्रो संस्करणको तयारी समेत सुरु भइसकेको छ । फाउण्डेसनको स्थापना पश्चात स्टुडियोले गर्ने सबै कार्यक्रममा फाउण्डेसनले साथ दिँदै आएको छ ।


विभिन्न म्युजिक भिडियो निर्माण मात्र नभएर गुरुङ चलचित्र निर्माणमा समेत स्टुडियोेले हात हालेको छ । स्टार्स स्टुडियो प्रालिको ब्यानरमा पहिलो चलचित्र ‘म्लेक्यू’ अर्थात विर्साउने पानी, दोस्रो चलचित्र ‘मि–थों’ अथार्त खुल्ला आँखा चलचित्र निर्माण भएको थियो ।


रोटरी क्लब अफ पोखरा प्याराडाइजले सामाजिक कार्य मार्फत आफूलाई स्थापित गर्न खोजिरहेको छ ।


‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले खुलाए । सन् १९०५ फेब्रुअरी २३ रोटरी इन्टरनेशनल स्थापना भएको थियो । स्थापना दिवसलाई रोटरीक्लबहरुले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाउने गरेका छन् । दिवसको छेको पारेर आयोजना गरिएको यो प्रतियोगितामा देशभरका रोटरीयनहरुको प्रतिनिधिमुलक सहभागीता रहने आयोजकको अपेक्षा छ ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्