पहिलो पार्टी वर्षदिन पनि टिकेन, आज अर्काे पार्टी खोल्दै बामदेव
काठमाडाैं | असार १४, २०७९
कास्कीः ०२१ सालमा रुपन्देहीबाट नेपाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर सक्रिय भएका वामदेव गौतमले राजनीतिमा ५८ वर्ष बिताइसकेका छन् ।
कम्युनिष्ट राजनीतिमा खरो स्वभावले चिनिने गौतम राजनीतिक यात्राको दौरान ५८ वर्षपछि आज दोस्रोपटक नयाँ पार्टीको स्थापनामा जुटेका छन् । यसअघि राजनीतिक करिअरबाट गृह र उपप्रधानमन्त्री भइसकेका गौतम नेकपा एमालेको विभाजनपछि तटस्थ रहेका थिए ।
यसैबीच स्थानीय निर्वाचनताका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सहयोग पुग्ने हेतुले चुनावी गीत लेखेका थिए । यही गीतकाकारण गौतम नेकपा एसमा जाने अनुमान गरिएपनि उनले त्यसलाई अनुमानमै सिमित राखिदिएर आज नयाँ दल घोषणा गर्दैछन् ।
‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक दल घोषणा साँझ ३ बजे राखिएको छ । भित्रभित्रै तयारीमा जुटेका गौतमको यो दोस्रो दुस्साहस हो । यसअघि भारतसँग गरिएको महाकाली सम्झौंतामा चित्त नबुझेपछि गौतमले एमाले छाडेर नेकपा माले स्थापना गरेका थिए । जसको महासचिव गौतम थिए । त्यसबेलासम्म कम्युनिष्ट पार्टीमा महासचिव मुख्य पद थियो ।
पछि ०५५ सालको निर्वाचनमा पार्टीले एक सिटपनि जित्न नसकेपछि वर्षदिनमै गौतम पुनः एमालेमा फर्किए । लगत्तै उनले उपप्रधानमन्त्री हुने अवसरसमेत पाए । ०५६ सालमा एमालेको बुटवल अधिवेशनबाट उनी पार्टीको उपाध्यक्षमा निर्वाचित भएर आफ्नो औचित्य पुष्टि गरिछाडे ।
बर्दिया र प्युठान दुबै क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका गौतम पछिल्लो निर्वाचनमा बर्दियाबाट पराजित भए । ४४ हजार बढी मत ल्याएर पनि नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग झिनो मतान्तरले पराजित भए । गौतम हाल राष्ट्रियसभा सदस्य रहेका छन् ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

