बालकृष्ण समको १२१ औं जन्मजयन्ती पोखरामा मनाइदै
पाेखरा | माघ २५, २०८०

पोखरा: यही माघ २७ गते नाट्यसम्राट बालकृष्ण समको १२१ औ जन्मजयन्ती पोखरामा मनाउने तयारी गरिएको छ ।
नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा स्वदेश एवम् विदेशमा ख्यातीप्राप्त नाट्यकर्मीहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रा.डा.रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदार नाथ पौडेद्वारा लिखित एवम् निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ ।
उक्त अवसरमा प्रा.डा.रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा. अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सि.के. श्रेष्ठको नेपाली नाटकः हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भै छलफल एवम् अन्तरक्रिया गरिने छ । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा.पोखरेलले जानकारी दिनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट बरिष्ठ नाट्यकर्मी सि के श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा विजय रुचाल, बरिष्ठ नाट्यकर्मीहरू दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्व कुलपति एवम् बरिष्ठ नाट्यकर्मी सरुभक्त, अनुप बराल लगायत स्वदेशी एवम् विदेशी नाट्यकर्मी, अभिनेता एवम अनुसन्धाता गरी १५० जना उपस्थिति हुनुहुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रमको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनुहुने पोखरेलले जानकारी दिनुभयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...