पोखरा अन्तर्राष्ट्रिय म्याराथन: दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते हुने
पाेखरा | माघ २०, २०८०
पोखरा: १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ ।
सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले उक्त सुझाबलाई मनन गर्दै सो दिन तय गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् ।
१८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने गरी नयाँ रुट तय भए संगै अपाङ्ग तर्फको दौडलाई एक साता अगावै सम्पन्न गर्ने गरी उपसमितिले आयोजकलाई सुझाब दिएको उपसमितिका संयोजक अमृत बरालले बताए ।
फागुन ५ गते हुने म्याराथनमा अत्याधि भिड बढ्ने संगै अपाङ्गतर्फको दौड समेत सञ्चालन गर्न समस्या हुने भएकोले खेलकुदको अन्तर्राष्ट्रिय मान्यता अनुरुप एक साता अगावै दौड सम्पन्न गर्ने तयारी आयोजकले गरेको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनले भने–“यो अन्तर्राष्ट्रिय मान्यता अनुरुप समेत हो । हामीले समाजका हरेक वर्गलाई म्याराथनमा जोड्ने उद्धेश्य अनुरुप यो दौड समावेश गरेका हौं । उहाँहरुमा आफ्नै उत्साह हुन्छ । हामी त्यो उत्साहमा अझै उचाई थपियोस भन्ने चाहन्छौं ।”
अपाङ्ग तर्फको दौडमा महिला–पुरुषतर्फ दृष्टिविहिन र ह्विलचियर दौड समावेश गरिएको छ । महिला र पुरुष दुबैतर्फका बिजेतालाई पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

