फिसटेल रेस २०२५: पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि
पाेखरा | मंसिर २१, २०८२
पोखराः पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् ।
‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनिन् ।
पुरुष तर्फ नेपालका मिलन कुलुङ द्धितिय (नेपाल), नेपालका लोकेन्द्र राइ तृतिय, नेपालका विजय रानामगर र बेलायतका फिन नर्वुड सान्त्वना भए ।
महिला तर्फ अनिता राई द्धितिय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्बे) तृतिय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) सान्त्वना भए ।
पोखरा १७ डेभिज फलबाट सुरु भएको म्याराथन विश्व शान्ति स्तुपा, भुम्दी, ठुलाखेत ुहदैँ कास्कीकोटबाट मेथलङ् हुदै खहरेमा पुगेर समाप्त भएको थियो ।
२१ किलोमिटर हाफ म्याराथनमा पुरुष तर्फ नेपालका विशाल राई प्रथम भए । उनले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गरे । नेपालका ऋतुराग रोकाय द्धितिय, अष्ट्रेलियाका ओलिभर रैली तृतिय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो सान्त्वना भए ।
२१ किलोमिटर हाफ म्याराथनमा महिला तर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम भइन् । उनले उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा पार गरिन् । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्धितिय, नेपालकी नितु तामाङ तृतिय, डेनमार्क की फ्रेया थोरुप र ब्राजितकाी मारिलिया बोर्जेस सान्त्वना भए ।
पुरुष तर्फको ५ किलोमिटर दौडमा पाचै जना नेपाली धावकले अग्रता कायम गरे । नेपालका विष्णु लिम्बु प्रथम भए । उनले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरे । यस्तै अनुप गुरुङ द्धितिय, श्रीजना मोक्तान तामाङ तृतिय, नव्या राइ र समरि गुरुङ सान्त्वना भए ।
महिला तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम भइन् । उनले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गरीन् । ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड सान्त्वना भए ।
फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उतकृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानारी दिए । तिमिल्सिना सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जितेका थिए ।
प्रतियोगितामा २७ देशका धावकले सहभागिता जनाएका थिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

