नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

सर्लाही | माघ १९, २०८०

नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

सर्लाही:    सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

        
पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका–२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका(७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् । 

        
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र ०२–०२७ प ४२५६ नम्बर र बिआर ३० एसी ८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र ०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । 


संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।

        

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्