पोखराका शर्मा स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा चयन
पाेखरा | माघ १४, २०८०
पोखरा: स्थानीय तह कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ ।
शनिबार सम्पन्न सङ्घको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष (खुल्ला)मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् भने प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरूमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेस, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् ।
त्यस्तै विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् ।
तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

