धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

पाेखरा | माघ १३, २०८०

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

पोखरा:    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ ।


व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका(५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका(४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ । नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रस्थानविन्दु तय गरिएको टोड्केमा बिदाइ गरे ।


यो टोली पहिलो दिन शनिबार टोड्केबाट मालिकाधुरी हुँदै ठाडाखानी पुग्ने छ । दोस्रो दिन ठाडाखानीबाट कुइने, तेस्रो दिन कुइनेबाट झासीखर्क, चौंथो दिन झासीखर्कबाट सङ्गुरथाला कछुवा ओडार, पाँचौ दिन कछुवा ओडारबाट धौलागिरी आधार शिविर, छैटौं दिन आधार शिविरबाट कालीबराह हुँदै मुस्ताङको लेते निस्कने टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । यात्राको आठौं दिन टोली लेतेबाट सिँगा तातोपानी हुँदै पोखरा फर्कने छ ।


टोलीलाई बिदाइ गर्दै पर्यटनमन्त्री थापाले पर्यटनको भविष्य कसरी विकास गर्न सकिन्छ भन्ने भएरै मन्त्रालयले नयाँ पदमार्ग पहिचानमा मन्त्रालयले साथ दिएको सुनाए । उनले (कस्तुरीले बिना) खोजेजस्तै सम्भावना हुँदाहुँदै नेपालीहरुले पर्यटनको सम्भावना भएपनि त्यसको पहिचान गर्न नसकेको बताए । ‘ पर्यटकलाई पोखरा ल्याउनुपर्छ । तर अब पोखरा र सेरोफेरो साँघुरो भइसक्यो’, उनले थपे, ‘अब धेरै पदमार्ग विकास गरेर दिन कसरी लम्ब्याउन सकिन्छ भनेर खोज गरिरहेका छौं । त्यसको एउटा गन्तव्य टोड्के(लेते पदमार्ग नयाँ गन्तव्य बन्न सक्छ ।’


मन्त्रालयका उद्योग(पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङले सरकार, निजी क्षेत्रले प्रवर्द्धनमा सहयोग गर्ने भएपनि आफ्नो कला संस्कृति देखाएर पर्यटन विकासमा स्थानीयले भूमिका खेल्नुपर्ने बताए । उनले नयाँ पदमार्ग विकास हुन सकेमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।


टानका प्रथम उपाध्यक्ष आचार्यले २०७२ सालतिरै यो पदमार्ग विकास गत्ने योगदान भएपनि भूकम्प र कोरोना भाइरसको संक्रमणले गर्दा नसकेको बताए । मोटरबाटोको विकासले अन्य पदमार्ग समस्याग्रस्त रहेको अवस्थामा पर्यटन क्षेत्र जोखिममा परेको र अब नयाँ पदमार्ग विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।


टोड्के रिसोर्टका सञ्चालक भीम शेरचनले गाडीले अन्य ट्र्याक लोप भएको अवस्थामा अब धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्दै नयाँ पदमार्गको खोजी हुनु सकारात्मक भएको बताए । शेरचनकै पहलमा टोड्केबाट आधार शिविर पुग्न नयाँ पदमार्ग पहिचान थालिएको हो ।


टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भएपछि पदमार्ग पर्यटन विकास भएकाले धौलागिरीलाई पनि संरक्षण क्षेत्र घोषणा गर्दा उचित हुने सुझाव सरकारलाई दिए । संरक्षण क्षेत्र घोषणा भएपछि स्थानीयले नै लगानी गर्न पाउने र स्थानीयस्तरको जनजीवन विकास हुने उनले सुनाए । पहिचान यात्रा सफल भएमा पोखरा फर्किएर बुलेटिन र म्याप प्रकाशन गर्ने अध्यक्ष पन्थीले जानकारी दिए ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्